रुकुममा मध्यान्हसम्म ६० प्रतिशत खत खस्यो



धनवीर दाहाल,रुकुम ।
रुकुमका ३ स्थानीय तहमा १२ः३० सम्म ६० प्रतिशत मत खसीसकेको छ । सिस्ने गाँउपालिका, पुथा उत्तरगंगागाँउपालिका र भुमेगाँउपालिकामा समग्रमा ६० प्रतिशत खसेको मुख्य निबार्चन अधिकृत डण्डपानी शर्माले बताउनुभयो ।

मतदान शान्तिपुर्ण रुपमा भइरहेको उहाँले जानकारी दिनुभयो । भुमेगाँउपालिका अन्र्तगत कांक्रीको त्रिबेणी निमावि केन्द्रमा भने ९१ प्रतिशत मत खसेको बताइएको छ ।

८९९ मतदाता रहेको सो केन्द्रमा ८१८ मतदाताले मत खसालेको जिल्ला निबार्चन अधिकारी कमलमणी देवकोटाले जानकारी जानकारी दिनुभयो ।

यतिबेला उल्सायमय ढंगले मतदान भइरहेको छ । अहिले सम्म पानी नपरेकोले पनि मतदातामा झनै उत्साह छ ।

प्रतिक्रिया दिनुहोस्