डोटीमा ४० प्रतिशत मत खस्यो



तस्विर : विमल विष्ट-डोटी

विमल विष्ट,डोटी ।
डोटीमा अहिले सम्म ४० प्रतिशत मत खसिसकेको प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रशाद शर्माले बताउनुभएको छ । बिहान ७ बजेदेखी सुरु भएको मतदान प्रकृयामा अहिले सम्म जिल्ला भरी ४० प्रतिशत मत खसिसकेको छ ।
डोटी जिल्ला भरीमा कुल एक लाख १ हजार २१ जना मतदाता रहेका छन् । त्यस्तै यहाँको दश वटा अति सम्बेनसिल क्षेत्र मानिएका मतदान केन्द्रमा शान्ति सुरक्षाको ब्यवस्था निकै कडा पारिएको प्रमुख जिल्ला अधिकारी शार्माले बताउनु भयो ।

डोटीमा यो समाचार तयार पार्दा सम्म कुनै पनि अप्रिय घटना भएको भने छैन् । त्यस्तै नेपाली सेनाले सुदूरपश्चिम क्षेत्रभरीमा अप्रिय घटना हुन नदिन बिभिन्न ठाउहरुमा ठुलो संख्यामा शुरक्षाकर्मि परिचालन गर्नुका साथै हेलिकप्टर बाट नेपाली सेनाको स्पेसल फोर्स युद्ध भैरबको टोलीले बिहानै देखी गस्ति समेत गरिरहेको छ ।

सुदूरपश्चिमको कैलाली,कञ्चनपुर तथा अछाम जिल्लामा अज्ञात समुहले राखेको बमहरु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको सुदूरपश्चिम पृतना हेडक्वाटर दिपायल राजपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्