सभामुख घर्तीद्वारा रोल्पामा मतदान



रोल्पा, १४ असार । सभामुख ओनसरी घर्तीले स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत आज रोल्पा नगरपालिका–७ स्थित बाल उदय मावि मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।

मतदानपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै सभामुख घर्तीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि आफूले मतदान गरेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्