रुकुममा निबार्चन शान्तिपुर्ण



धनवीर दाहाल,रुकुम ।
स्थानीय तहको दोस्रो चरणको निबार्चण प्रदेश नं ५ मा पर्ने रुकुमका ३ स्थानीय तहमा शान्तिपुर्ण रुपमा मतदान भइरहेको छ ।

बिहानै ७ बजेदेखी मतदान गर्ने समयभएपनि मतदाताहरु उत्साहका साथ साढे ५ बजेबाट लाइनमा बसिसकेका थिए ।

तर रुकुमका केही मतदान केन्द्रमा भने मतदातालाई पुग्न ६ घण्टा लाग्ने भएकोले त्यस्ता ठाँउबाट बिहानै ४ बजे मतदाता हिडिसकेको खवर छ ।

पुथाउत्तर गंगा गाँउपालिकाको पेल्मा मतदान केन्द्रमा पुग्न साविकको रन्मामैकोट ५ का मतदातालाई निकै समस्या छ । यस्तै सिस्ने गाँउपालिकाको ठुलो सिस्नेबाट पाखापानी मतदान केन्द्र पुग्नलाई ३ घण्टा लाग्छ ।

केही भौगोलिक बिकटता बाहेक अरु ठाँउमा भने मतदानमा कुनै समस्या नभएको मुख्य निर्बाचन अधिकृतको कार्यालय रुकुमले जनाएको छ ।

यस्तै पुर्व खेलकुद मन्त्री दलजित श्रीपालीको भुमेगाँउपालिका वडा नं ७ धर्मशाला मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको छ भने ।

पुर्व आपुर्ती मन्त्री गणेशमान पुनले सिस्ने गाँउपालिकाको खरीबोट मतदानकेन्द्र प्वाङ पुगेर मतदान गर्नुभएको छ । उहाँहरु दुवै जना माओबादी केन्द्रका प्रभावशाली नेता हुनुहुन्छ । श्रीपाली समानुपातिक सांसद हुनुहुन्छ भने पुन रुकुम निबार्चन क्षेत्र नं १ का प्रत्यक्ष निबार्चित सांसद हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्