रियल स्कूल अफ, नेपालको पाँचौं क्षेत्रीय फाइनल सम्पन्न



 

काठमाडौं, (नेस)
रियल स्कूल अफ नेपाल २०१७ अन्तर्गत पाँचौं क्षेत्रीय फाइनल मध्यमाञ्चलको काठमाडौं पश्चिममा सम्पन्न भएको छ। यस प्रतियोगिताबाट सिद्धार्थ बनस्थली इस्टिच्युट घोषित भएको छ। विजयी विद्यालयका सहभागी विद्यार्थीमा सायाना तिवारी, अनुसुया चन्द, अभियान खड्का, परिवर्तन श्रेष्ठ, अक्शोभा विष्ट र क्रिस थापा मगर रहेका छन्। यी विजयी विद्यार्थीले काठमाडौंमा सम्पन्न हुने रियल स्कूल अफ नेपाल २०१७ को अन्तिम चरणको प्रतियोगितामा अन्य विजयी विद्यालयका विद्यार्थीसँग प्रतिस्पर्धा गर्नेछन्।

त्यस्तै सिनियर समूहअन्तगर्त एक्सटेम्पोरमा सायाना तिवारी, सिद्धार्थ बनस्थली इस्टिच्युट, नृत्यमा मेघा पन्त, केन्द्रीय विद्यालय, फुटबल जगलिङमा दिवश थापा मगर, राइजिङ स्टार हाइयर सेकेन्डरी स्कुल विजयी भएका छन्। साथै जुनियर समूहतर्फ पेन्टिङमा कृष्ण बर्मा, अरनिको सेकेन्डरी बोडिङ स्कूल, थ्री मिनेट टु फेममा यशस्वी घले, त्रियोग हाई स्कूल र स्कोर द रियल गोलमा बिगेन कुमार शाक्य, अरनिको सेकेन्डरी बोडिङ स्कुल विजयी भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्