लक्ष्मी बैंकले ३८ प्रतिशत बोनस शेयर दिने



 

काठमाडौं, (नेस)
लक्ष्मी बैंकको १६औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष शम्भुप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्नुको साथै आर्थिक वर्ष २०७२⁄७३ को बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ।

साधारणसभाले चालू आवसम्मको सञ्चित मुनाफाबाट २०७३ आसार मसान्तमा कायम शेयर पुँजीको ३८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ। सो बोनस शेयर २०७३ असार मसान्तपश्चात प्रोफेसनल दियालो विकास बैंकलाई प्राप्ति गरेवापत शेयरधनीलाई जारी गरिएको शेयर तथा शतप्रतिशत हकप्रद शेयरपश्चात हाल कायम पुँजीको १८ दशमलव २९ प्रतिशत हुन आउने बैंकले बताएको छ।

साथै सभाले बैंकको चुक्ता पुँजीमा संस्थापक शेयरको अंश ५१ प्रतिशत कायम रहने गरी संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने प्रस्तावसमेत पारित गरेको छ। सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट विश्वकरण जैन तथा स्वाति रु·टालाई सञ्चालक समितिमा निर्वाचित गरेको छ।

प्रतिक्रिया दिनुहोस्