नवीन च्याम्पियन



 

काठमाडौं, (नेस)
आयोजक नेपाल वायु सेवा निगमका नवीनबहादुर शाक्य अन्तर एयरलायन्स टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा मंगलबार च्याम्पियन बनेका छन्।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भएको ‘बेस्ट अफ सेभेन’ को फाइनलमा नवीनले कतार एयरवेजका कमल श्रेष्ठलाई ११–४, ११–४, ११–० र ११–८ को सोझो सेटमा सहजै पराजित गरे। निगमको ५०औं वार्षिकोत्सवदेखि अन्तर एयरलाइयन्स टेबलटेनिस प्रतियोगिताको शुरुआत भएको थियो। त्यसएता सबै संस्करणमा नवीन पुरुष सिंगल्समा च्याम्पियन बन्दै आएका छन्। निगमकै सुरेशविक्रम हमाल तेस्रो भए।

निगमको ५९औं वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा नवीनले सहकर्मी प्रितम प्रधानसंग मिलेर पुरुष डबल्सको उपाधि पनि हात पारे। फाइनलमा नवीन र प्रितमको जोडीले सुरेशविक्रम हमाल र बाबुराजा अवालेको जोडीलाई ११–७, ८–११, ११–६ र ११–८ को सेटमा हराए। निगमका जयबहादुर चन्द र समिर केसी तथा हिमालय एयरलायन्सका सनी श्रेष्ठ र रोविन रिजालको जोडी संयुक्त रूपमा तेस्रो बने।

प्रतिक्रिया दिनुहोस्