बढुवाका लागि चाकडी



 

गृहमन्त्री जर्नादन शर्माले गृह प्रशासन सुधार गर्न ८२ बुँदे कार्य योजना सार्वजनिक गर्दा केही योजना मन्त्रीले कसरी पूरा गर्लान् भन्ने कुराले धरहरा चिन्तित भएको छ।

उहाँले प्रहरीलाई नेताको ढोका नचाहार्न निर्देशन दिनु त भयो तर त्यही नै उहाँले भन्नुभो मैले भन्दाभन्दै पनि अहिले केही प्रहरीका हाकिमहरू नेताकहाँ पुगेको सुइको पाए तर मैले केही गर्न सकिन भनेर सार्वजनिक अभिव्यक्ति दिएपछि ती प्रहरी कति शक्तिशाली रहेछन् भन्ने धरहराले पत्ता पाएको छ।

ती प्रहरी अधिकारी आफ्नो बढुवाका लागि कुन नेताको घरमा पुगेछन् भनेर यसो चियो चर्चो गरेको मन्त्री शर्माका सबैभन्दा ठूला नेताकहाँ गएर ती हाकिमले दिन दिनै चाकडी गरेको दृष्यले भने मन्त्रीको भनाइलाई धोती लगाइदिएको हो कि भन्ने भान धरहरालाई परेको छ।

हुने कुरा मात्रै गरेको जनताले मन्त्रीको पदको मर्यादा राख्ने थिए तर मन्त्रीले आफूलाई दिमागमा जे आउछ त्यो सार्वजनिक गरिहाल्ने तर त्यसले दीर्घकालीन रूपमा कस्तो असर पार्ला भन्ने कुरा नसोच्ने रोगले कसैलाई पनि छोड्ने भएन के गर्ने होला भनेर धरहराले चिन्ता व्यक्त गरेकोगर्यै छ है पाठकबृन्द !

प्रतिक्रिया दिनुहोस्