लभलेटर लेख्ने बेला संघर्ष !



 

बलिउड नायिका कंगना रानावत आफ्नो मधुर आवाजका लागि चर्चित छिन्। उनी सधैं विवादमा रहने नायिका हुन्। तर, उनलाई यी विवादले केही असर पारेको छैन। बरु उनी लगातार सफलताको खुड्किला पार गर्दै छिन्।

हालै उनी एक बलिउडको टक शोमा देखिइन्। जहाँ ३० वर्षीया उनले आफ्नो करिअरको संघर्षको बारेमा बताइन्। उनले भनेकी छिन् कि जुन उमेरमा उनले लभलेटर लेख्नुपर्ने थियो वा डेटिङ जानुपर्ने थियो, त्यो समयमा उनी आफ्नो काममा निकै व्यस्त हुने गर्थिन्। ‘त्यो बेला महेश भट्टजस्ता व्यक्तिहरुसँग म आफ्नो करिअर बनाउनमा व्यस्त थिएँ।’

उनले भनेकी छिन्– ‘मलाई कहिले पनि अरू बच्चाको जस्तो खेल्ने फुर्सद भएन। १७ सालको उमेरदेखि नै मैले मेहनत गर्न शुरु गरेकी थिएँ। त्यो बेला मेरो स्थिति कि गर कि मरको थियो।’ यसको अलावा उनले स्टार किड्सको बारेमा पनि आफ्नो राय राखेकी छिन्। उनले स्टारका छोराछोरीलाई बलिउड फिल्ममा आउन सजिलो हुने बताएकी छिन्।

प्रतिक्रिया दिनुहोस्