डोटीमा बन्दको प्रभाव शून्य



 

विमल विष्ट, डोटी
नेत्र विक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले गरेको बन्दको डोटीमा कुनै असर परेन। यहाँका बजार तथा कलकारखानालगायत सवारीसाधन निर्वाधरूपमा चलेका थिए। बन्दमा कुनै पनि अप्रिय घटना हुन नदिन बिहानैदेखि यहाँका बजार तथा सडकहरुमा प्रहरीको बाक्लो उपस्थित रहेको थियो।

त्यस्तै, प्रहरीले यहाँका विभिन्न नाकाहरुकामा आफनो सुरक्षा चेक जाँचमा पनि निकै कडाई गरेको छ। डोटी जिल्लाका मतदानस्थललगायत राजमार्गमा १५⁄१५ मिनेटको दूरीमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको मोबाइल टोलीले बिहानैदेखि गस्ती गरिरहेको जिल्ला सुरक्षा समितिका संयोजक तथा डोटीका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद शर्माले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘बन्दको कुनै पनि प्रभाव पर्न दिन्नौं, भएभरको सुरक्षा फौज सडकमा उतारेका छौं, कसैले चिन्ता लिनुपर्ने अवस्था छैन।’ त्यस्तै हवाई सुरक्षा गस्तीका लागि नेपाली सेनाले सुदूरपश्चिम पृतना हेडक्वार्टर दीपायल राजपुरमा हेलिकोप्टर तयारी अवस्थामा राखेको सुदूरपश्चिम पृतना दीपायल राजपुरले जनाएको छ। पैदल गस्ती सँगसँगै हवाई गस्ती पनि मंगलबारबाट शुरु गरिएको छ।

प्रतिक्रिया दिनुहोस्