दर्जनौं स्थानमा बम



 

काठमाडौं, (नेस)
देशका विभिन्न स्थानमा मंगलबार फेला परेका बिष्फोटक पदार्थ सुरक्षा निकायले निष्कृय गरेको छ।

नेपाल कम्युनिस्ट पार्टी विप्लव माओवादीका कार्यकर्ताले राखेको बम सुरक्षा निकायले निष्कृय पारेको जनाएको छ।

निर्वाचन बहिष्कार अभियानअन्र्तगत निर्वाचनको अघिल्लो दिन देशका विभिन्न भागमा सो पार्टीका कार्यकर्ताले बम राखेर वातावरण आतंकित बनाउने प्रयास गरेका थिए।

सुनसरी धरान उपमहानगरपालिका–१५ स्थित साङपाङ चोक, झापा दमक नगरपालिका–२ स्थित हिमालय उच्च माविको मुलगेट, मोरङ जहदागापा–५ स्थित मझारे पुल, मोरङ बुढीगंगा गाउँपालिका–४ स्थित कोशी ग्यास फ्याक्ट्रीको गेट, सोही गाउँपालिका–१ स्थित टंकी चोक, मोरङ उर्लाबारी नगरपालिका–८ अरनीको मावि र कञ्चनपुरको पुनर्बास नगरपालिका–३ स्थित फोहोर फाल्ने ठाउँमा बिष्फोटक पदार्थ फेला परेको थियो।

यसै गरी बाँके राप्ती सोनारी गाउँपालिका–५ टरुवास्थित कलभट, अछाम तुर्माखाँद गाउँपालिका–५ स्थित बाटो तथा कालिकेश्वरी मावि, दाङ घोराही उपमहानगरपालिका–१७ ट्राफिक चोक तथा सोही ठाउँस्थित जीवन गौतमको घर अगाडि, अछामको ढकारी गाउँपालिका–४ स्थित नवराज साउदको घर नजिक राखेको बमलाई सुरक्षा निकायले निष्कृय पारेको थियो।

त्यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बनरापुर र कैलाली घोडाघोडी नगरपालिका–१ सुखड बजार नजिक पिपलको रुखको फेदमासमेत शंकास्पद अवस्थामा बिष्फोटक पदार्थ फेला परेको थियो। ती बिष्फोटक पदार्थ सुरक्षा निकायको टोलीले निष्कृय पारेको जनाएको छ।

मंगलबार संाँझ उदयपुरको गाइघाटमा रहेको जिल्ला निर्वाचन कार्यालयमा बम बिष्फोट गराउने उद्देश्यले बम बोकेर गएका विप्लव माओवादीका २ कार्यकर्तालाई २ थान बमसहित प्रहरीले पक्राउ गरेको छ।
उनीहरूबाट प्रहरीले बरामद गरेको बम शक्तिशाली रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्