सिद्घार्थ फ्युल सेन्टरमा आगलागी



पुष्कर बुढाथोकी, भक्तपुर ।
भक्तपुरको लोकन्थलीमा रहेको सिद्घार्थ फ्युल सेन्टरमा मंगलबार साँझ आगलागी भएको छ । बा७ ख २७५० नम्बरको ट्यांकरबाट फ्युल भण्डारण गर्ने क्रममा एक्कासी आगो लागेको प्रहरीले जनाएको छ ।
आगोलागी लगत्तै सेन्टरमै भएको ४ वटा अग्नी नियन्त्रण यन्त्र र दमकलको सहायताले आगो केही बेरमै नियन्त्रणमा आएकाले खासै क्षति हुन नपाएको प्रहरीको भनाई छ । ट्यांकर र भण्डारण केन्द्र भित्र आगलागी नभएको र पेट्रोल खन्याउने पाईपमा मात्र आगलागी भएको महानगरीय प्रहरी बृत्तथिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले बताउनुभयो ।
आगोलागी लगत्तै भण्डारण केन्द्रमा बिस्फोट हुने भयले स्थानीय त्रसित भएका थिए ।आगो निभाउने र हेर्ने स्थानीयको भीडका कारण अरनिको राजमार्ग अन्तर्गतको सो क्षेत्रको ट्राफिक ब्यबस्थापन समेत केही समय अस्तब्यस्त बनेको थियो ।
पेट्रोल खन्याउने क्रममा कसैले छेउमै बसेर चुरोट पिएका कारण वा स्पार्क लिक भएर आगोलागी भएको हुन सक्ने स्थानीयबासीले आशंका गरेका छन् । आगलागीबारे प्रारम्भिक अनुसन्धान सुर गरिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्