नमस्ते काठमाडौं हेटौंडामा



 

हेटौंडा, (नेस)। फिल्म निर्देशक तथा पत्रकार डब्बु क्षत्रीले लेखेको उनको पहिलो कथा संग्रह नमस्ते काठमान्डु हेटौंडामा सार्वजनिक गरिनुका साथै त्यसमाथि अन्तत्र्रिmया गरिएको छ। समाजका विभिन्न वर्ग, धर्म, भाषा र लिंगलाई टिपेर कथामा उनिएको नमस्ते काठमान्डुका कथाहरू यौनमा केन्द्रित छन्।
लेखक क्षत्रीले आफूले समाजमा देखेका घटनालाई कथामा ढालेर संग्रहमा ल्याएको बताए।

चलचित्र पत्रकार संघ मकवानपुरको आयोजनामा भएको कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जन र नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाईंले संयुक्तरूपमा पुस्तक सार्वजनिक गरेका हुन्। पुस्तक सार्वजनिक गर्दै सदस्य महर्जनले नमस्ते काठमान्डु यौनका विषयमा खुलेर लेखिएकाले युवा पुस्ताले रुचाउने बताए। महासंघ मकवानपुर अध्यक्ष हुमागाईंले यौनका विषयका पुस्तक वा पत्रपत्रिका लुकेर पढ्नुपर्ने अवस्थामा नमस्ते काठमान्डुले यौनका कुरालाई कथावस्तु बनाएकाले सबैको खुला पुस्तक हुने बताए। संग्रहमा १८ कथा छन्।

 

प्रतिक्रिया दिनुहोस्