एलियन पत्ता लागिसकेको दाबी



 

न्युयोर्क, (एजेन्सी)
अन्तर्राष्ट्रिय ह्याकर्सहरूको एक अज्ञात समूहले बाह्य ग्रह जीव ‘एलियन’ अस्तित्व रहेको विश्वास गर्दै नासाले यसलाई चाँडै नै पुष्टि गर्ने दाबी गरेको छ।

एउटा अनौपचारिक युट्युब च्यानलमा सार्वजनिक गरिएको साढे १२ मिनेटको भिडियामा उक्त अज्ञात समूहले अमेरिकी अन्तरिक्ष संस्थाले हालै पत्ता लगाएका तथ्यहरूलाई विशेष केन्द्रित गरेको छ।

त्यसमा हालै फेला परेको पृथ्वीजस्ता २ सय १९ वटा ग्रहहरू पर्छन्। ती ग्रहहरू नासाको केपल अन्तरिक्ष टेलिस्कोप टोलीले जुनमा पत्ता लगाएका हुन्। उक्त जानकारी नासाका एक जना वरिष्ठ अधिकारीले अमेरिकी सरकारलाई दिएको हो।
तर उक्त अज्ञात समूहले नासा सम्भवतः मानव इतिहासमै बाह्य ग्रहका जीव अस्तित्व पत्ता लगाउनमा नजिक पुगिसकेको तथ्यप्रति संकेत गरेको छ। ठोस प्रमाणहरू जुटाइसकेको भए पनि यस विषयमा बोल्नु अत्यन्त ठूलो महत्त्व राख्छ।

नासाले हालै जारी गरेको एक विज्ञप्तिमा सम्भावनामा कुरा गर्नुभन्दा एलियन पत्तालगाउन सकिनेमा आशावादी भएको उल्लेख गरेको थियो। विज्ञप्तिमा नासाले भविष्यमा एलियन अस्तित्वको प्रमाण खोज्न विभिन्न गतिविधि तथा अभियानहरू सञ्चालन गर्दै आइरहेको र इतिहासमै अत्यन्त महत्त्व राख्ने तथा अप्रत्यासित खोजको नजिक पुगेको उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्