हामी आप्रवासीलाई राख्न चाहन्छौँ : बेलायती प्रधानमन्त्री



लन्डन (बेलायत), १२ असार । आफ्नो देशमा बसोबास गर्दै आएका आप्रवासीलाई फिर्ता गर्न नचाहेको बेलायत सरकारले जनाएकोे छ ।

सोमबार बेलायती प्रधानमन्त्री टेरिजा मेले आफू युरोपियन युनियन (ईयू) सदस्य राष्ट्रबाट बेलायत आई बैध रुपमा बसोबास गरेका आप्रवासीकोे भविष्य के हुने भन्ने विषयमा चिन्ता अन्त्य गर्न चाहेको बताउनुभएको हो ।

हामी ब्रेक्जिटपछि पनि तपाईहरुको अधिकार रक्षा गर्ने पक्षमा रहेको तपाईहरु बेलायत बसोबास गराउन चाहेका छौँ, प्रधानमन्त्री मेले भन्नुभयो ।

तर प्रधानमन्त्रीको यस भनाइप्रति प्रतिपक्षी लेबर पार्टीका जेरमी कर्बिन प्रधानमन्त्रीको करिब ३२ लाख युरोपेली आप्रवासीलाई सहयोग गर्ने योजना साह्रै ढिलो भएको भन्दै आलोचना गर्नुभयो ।

बे्रक्जिटका विषयमा नयाँ धारणा ल्याउन प्रतिपक्षी नेता कर्बिनले हाउस अफ कमन्समा सोमबार सम्बोधन गर्ने क्रममा सरकारसँग आग्रह गर्नुभयोे । रासस÷एएफपी

प्रतिक्रिया दिनुहोस्