सूचना विभागको पासले समाचार सङ्कलन गर्न सकिने



 

काठमाडौँ, १२ असार । निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सूचना विभागबाट प्राप्त परिचयपत्रका आधारमा सञ्चारकर्मीलाई निर्वाचनको समाचार सङ्कलन गर्न सकिने व्यवस्था गरेको छ ।

यही असार १४ गते हुने दोस्रो चरणको निर्वाचनमा मतदान र मतगणनाको समाचार सङ्कलनका लागि आयोगले विशेष पासको व्यवस्था नगरी सञ्चारकर्मीको परिचयपत्रका आधारमा समाचार सङ्कलन गर्न सकिने व्यवस्था गरेको आयोगले जनाएको छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचन प्रदेश नं १, ५ र ७ मा हँुदैछ ।

निर्वाचनको मतदान र मतगणनाका दिन सम्बन्धित मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत र मतगणना अधिकृतको अनुमतिका आधारमा मात्र सम्बन्धित केन्द्रको समाचार सङ्कलन, छायाङ्कन र तस्बिर लिन सकिने व्यवस्थासमेत गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्