विष्फोटक पादर्थ निष्क्रिय 



नेपाल समाचारपत्र, काठमाडौं ।
झापा
विर्तामोड नगरपालिका–५ सुब्बा चोकस्थित कन्नकी रोडको फोहर फाल्ने ठाउँमा तारले बेरेको अवस्थामा फेला परेको बिष्फोटक पदार्थ प्रहरीको समन्वयमा नेपाली सेनाको टोलीले सोमबार निष्क्रिय बनाएको छ ।
बाजुरा
बाजुरा बुढिनन्दा नगरपालिका–२ कोल्टीस्थित पदमकुमार गिरीको घरदेखि करीव २० मिटर टाढा खाली जमिनमा स्टिलको डिब्बामा रातो टेपले बेरेको अवस्थामा सोमबार फेला परेको बिष्फोटक पदार्थ प्रहरीको समन्वयमा नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको छ ।
बर्दिया
बासगढी नगरपालिका–५ स्थित बासगढी बजारमा प्रेसरकुकरमा बारुद राखेर तार जोडेको अवस्थामा सोमबार फेला परेको बिष्फोटक पदार्थ प्रहरीको समन्वयमा नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको छ । उक्त बस्तु राख्ने व्यक्तिहरुको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्