कार्यविधि नबन्दा अन्योलमा बारपाक



kmf]6f] SofK;g M uf]/vf e”sDksf] s]Gb|laGb” uf]/vfsf] ;’lnsf]6 ufpFkflnsfl:yt af/kfs ufpFsf] b[Zo . e”sDksf] s]Gb| /x]sf] af/kfsdf Plss[t a:tL lasf; ug{ ;lsPsf] 5}g . ufpFn]x?n] cfkm”v’;L 3/ agfPsf 5g . t:jL/ M k|zGg kf]v/]n÷/f;;, uf]/vf .

सन्तोष अधिकारी, बारपाक ।

गोरखा भूकम्पको केन्द्र विन्दु बारपाक एकिकृत बस्ती बसाउनको लागि कार्यविधि नै बाधक बनेको छ ।

जिल्ला स्थित शहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख रोशन श्रेष्ठले भने बारपाक एकिकृत बस्ती विकास गर्नका लागि अहिले नै नसक्ने अबस्थामा पुगेको भनेर भन्न नमिल्ने बताए ।

‘एकिकृत बस्ती विकास गर्न नसक्ने अबस्थामा पुगिसकेको छैन’ श्रेष्ठले भने ‘कार्यविधि नबनेर रोकिएको हो । कार्यविधि बन्न किन ढिलो भयो हामीले पनि पत्तो पाएका छैनौँ ।

हामीले निरिन्तर फलो गरिरहेका छौँ ।’ बारपाकमा भूकम्प पिडितहरु अहिले घर बनाउने चटारोमा छन् । कहिले एकिकृत बस्तीको भाषण त कहिले सरकारी अनुदानको अपुरो भाषण सुनेर वाक्क भएका वारपाकीहरु घर बनाउन ब्यस्त भएका हुन् ।

भूकम्प लगत्तै गठन भएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्प प्रतिरोधी घर बनाउन विभिन्न नाप नक्सा सार्वजनिक गर्नु अघि नै बारपाकीहरुले घर बनाउन थालेका थिए ।

पुननिर्माण निति अघि करिब ३०० घर बारपाकमा ठडिसकेको थियो । सरकारको आशामा बसेका बारपाकीहरु आगामी बर्खा काट्न समस्या हुने भन्दै धमाधम घरबनाउन सुरु गरेको बताउँछन् ।

‘गाउँमा अहिले पाँचसय भन्दा धेरै पक्की घर बनिसके’ बारपाक ४ का खेमराज घले भन्छन् ‘गाउँमा अब यसै घरमा बस्ने भनेर भूकम्पको कार्य विधि आउनु भन्दा अघि नै तीनसय भन्दा धेरै वटा घरहरु बनिसकेका थिए ।

त्यस पछि अहिले पक्की घरहरु पनि दुईसयको हाराहारीमा थपिसक्या छ ।’ एकै ठाउँमा करिब १३ सय घरधुरी रहेको एकिकृत बस्ती विकास गर्न पर्याप्त भूगोल समेत भएको बारपाकलाई सरकारले ठोस निर्णय लिएर काम अघि बढाउन नसक्दा जोखिमकै विच बारपाक पुननिर्माण भइरहेको छ ।

अहिले बारपाकमा आर्थिक हिसाबले केहि कमजोर भएकाहरुले जस्तापाताले छाएको आबश्यकताअनुसारको तीन या चारकोठे एकतले घर र अधि हुनेखानेहरुले ढलान गरेरै दुई या तीन तले घर बनाउने लहड चलेको छ ।

‘सरकारले यसो उसो गर्छु भन्छ केहि गर्दैन’ बारपाकै धर्तीराम घले भन्छन् ‘त्रिपाल मुनी काँप्दै कति बस्ने, पानीमा कति रुझ्ने । अर्काको जग्गामा टहरो बनाएर सँधै बस्न दिँदैन ।

उसको पनि खेतीपाती लगाउने बेला भएर कराउन थाल्यो । केहिले आफू सँगै भएको रकम खर्च गरेका छन् भने केहिले ऋण खोजेरै भएपनि घर बनाएका छन् ।

भूकम्प आउने वित्तिकैको बर्खा पनि काटियो, हिउँद पनि रातभरी शितले भिजेर काँप्दै काटियो अब आउने बर्खा पनि त्यै हालत हुनेहोला भनेर हामीले घर बनाएका हौँ ।

प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु आउँछन् । हामी पिडितलाई गफले सबैकुरा बारपाकमै ल्याइदिए जस्तो गर्छन । हाम्रो समस्या जहाँको त्यहीँ ।’

बारपाकीले नयाँ बनाएको घरमा ढुङ्गा, सिमेन्ट, रड, केहिले ढुङ्गा र माटोको प्रयोग गरेर घर बनाएका छन् । बारपाकीको घर बनाउन आबश्य ढुङ्गा, गिटी, बालुवा, सिमेन्ट, रड लगायतका सामाग्रीहरु घर घरै पुगेको छ दरौँदी नदिको किनारामा रहेको बालुवा उनीहरुले ट्रयाक्टरमा हालेर बारपाक पु¥याएका हुन ।

डब्लु एफपीको सहयोगमा सप्रोस नेपालको संयोजकत्वमा कामका लागि खाद्यन्न भन्ने कार्यक्रमबाट बारपाकीको घरघरै सडक पुगेको छ ।

‘सप्रोसको कार्यक्रम पछि हाम्रो घरघरै जिप, ट्रयाक्टरबाट घरघरैमा सामान पु¥याउन सजिलो भएको छ’ बारपाककै प्रकाश घले भन्छन् ‘आन्तरिक ग्रामीण रिङरोड निर्माण कार्यक्रम बाट सडक बनाइएको हो ।

अधिकांश बारपाकीले घर बनाइरहेका छन् । ति मध्ये करिब ३० घर दलित परिवार अहिले पनि आफ्नो जग्गामा बस्न नमिलेर कोही भाडामा कोही सरकारी जग्गामा टहरो हालेर बसेका छन् । बारपाकमा अहिले भूकम्प स्मृती पार्क बनाउने काम समेत सुरु भइसकेको छ ।

बारपाकमा अहिले पुननिर्माण भएका अधिकांश घरहरु भूकम्प प्रतिरोधी समेत छैनन् । तर यस्तो घर बनाउन पनि बारपाकीले पाँच लाख भन्दा धेरै रकम खर्चिसकेका छन् ।

त्यसैले यिनीहरुले अब यो घर भत्काएर एकिकृत बस्ती बनाउन अर्काे घर बनाउने सम्भावना नरहेको अर्का बारपाकी धनीराम घले बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्