ताप्लेजुङमा मतदाता परिचय पत्र धमाधमा वितरण



रविन भट्टराई, ताप्लेजुङ ।
दोश्रो चरणमा हुन लागेको स्थानीय तहको निर्वाचनको तयारी ताप्लेजुङमा पुरा भएको छ ।

मुख्य निर्वाचन अधिकृत असोक कुमार बस्नेतले जिल्लाका नौ वटै स्थानीय तहमा आवश्यक पर्ने सम्पूर्ण सामाग्री, मतपत्र, मतदाता परिचय पत्र सहित कर्मचारी पुगेर आफ्नो काम सुरु गरीसकेको जानकारी दिनुभयो । सोमबार पनि सबै मतदान केन्द्रबाट मतदाता परीचय पत्र वितरण भएको उहाँको भनाई छ ।

आयोगले मतदाता परिचयपत्र वितरणसँगै सही तरिकाले मतहाल्न सिकाउन हरेक मतदान केन्द्रमा एक जनाको दरले मतदाता शिक्षा कार्यकर्तालाई खटाइएको मुख्य निर्वाचन अधिकृत अशोककुृमार बस्नेतले बताउनुभयो ।

तर केहि स्थानमा भने मतदाता परीचय पत्र मात्र वितरण भएको मतदाता शिक्षा नदिएको स्थानियले गुनासो गरेका छन् । ताप्लेजुङका ७३ मतदान स्थलमा १ सय ५ मतदान केन्द्र रहेको छ । ताप्लेजुङमा ७० हजार ७ सय ७८ मतदाता रहेका निर्वाचन कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्