मतदाता परिचयपत्र वितरण कार्य तिव्र



 

विराटनगर, १२ असार । मोरङमा मतदाता परिचयपत्र वितरण कार्य तीव्र रुपमा भइरहेको छ ।

जिल्लाका १७ वटा स्थानीय तहको ६६९ वटा मतदानकेन्द्रमा खटिएका चार हजार १५ कर्मचारी मतदाता परिचयपत्र वितरण कार्यमा जुटेका छन् ।

पाँच लाख ६३ हजार ८७० मतदाताका लागि मङ्गलबार सम्ममा मतदाता परिचयपत्र वितरण कार्य सम्पन्न हुनेछ । जिल्लामा ८२९ पदका लागि चार हजार ३८७ उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् ।

मतदानका लागि आवश्यक सबै सामग्रीसहित सम्पूर्ण कर्मचारी मतदानकेन्द्रमा पुगिसकेको पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालय, विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्