दुई मतदान केन्द्रमा महिला कर्मचारी



 

काँकडभिट्टा (झापा), १२ असार । असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा दुईवटा मतदान केन्द्रमा महिला कर्मचारी खटाइएको छ ।

मुख्य निर्वाचन अधिकृत सुदर्शन पाण्डेका अनुसार भद्रपुरनगरपालिका–६ एसपी मोडस्थित मेची इस्टमोड रङ्गशालाको दुईवटा निर्वाचन केन्द्रमा राष्ट्रिय वाणिज्य बंैक, भद्रपुर शाखाकी प्रमुख शान्ता बराल र महिला तथा बालबालिका कार्यालयकी अधिकृत समीक्षा निरौलाको नेतृत्वमा महिला कर्मचारी खटाइएको हो ।

जिल्लामै नमुना मतदान केन्द्र बनाई शान्तिपूर्ण र धाँधलीरहित निर्वाचन गराउनका लागि महिला कर्मचारी खटाइएको उहाँले बताउनुभयो । दुवै जनाको नेतृत्वमा छ÷छजना महिला कर्मचारी खटाइएको छ ।

“जिल्ला प्रहरी कार्यालयसँग सो निर्वाचन केन्द्रमा सम्पूर्ण सुरक्षाकर्मी पनि महिलालाई नै खटाइदिन अनुरोध गरेको छु,” उहाँले भन्नुभयो ।

प्रहरी उपरिक्षक शैलेन्द्र थापाले जिल्लामा महिला सुरक्षाकर्मी र महिला म्यादी प्रहरीको सङ्ख्या कम भएका कारण महिला सुरक्षाकर्मीमात्रै उपलब्ध गराउन नसकिने बताउनुभयो । जिल्लामा पाँच लाख १० हजार ८०० मतदाता रहेका छन् । जिल्लामा १५ वटा स्थानीय तहमा २८३ मतदानस्थल तथा ६३७ मतदान केन्द्र रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्