संघद्धारा निर्वाचन अवधीभर मदीरा विक्री वितरणमा रोक



यमलाल भुसाल,बुटवल ।

दोस्रो चरणको स्थानिय तहको निर्वाचन अवधीभर मदीरा विक्री वितरण बन्द गर्न होटल तथा रेष्टुरण्ट व्यवसायी संघ रुपन्देहीले आग्रह गरेको छ । ्

संघको सोमवार बसेको बैठकले सोमवार देखि बुधवार साँझसम्म जिल्ला भरिका कुनै पनि व्यवसायीले मदीरा विक्री वितरण नर्गने निर्णय गरेको संघका अध्यक्ष समुन्द्र जिसी र महा सचिव वाबुराम गौतमद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न स्थानिय प्रशासनले मदीरा विक्री वितरणमा रोक लगाउन संघलाई परिपत्र गरेसंगै संघले बैठक गरि आफना व्यवसायीलाई यस्तो निर्णय सार्वजनिक गरेको हो ।

संघले गरेको निर्णय विरुद्ध काम गरेको पाईएमा त्यस्ता व्यवसायीलाई कानुनी कारवाहीका लागि प्रशासन समक्ष अनुरोध गरिने समेत संघद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बैठकले संघको १९ औ स्थापना दिवश यही असार १५ गते विहान ७ वजे संघको कार्यालयमा विशेष कार्याक्रम गरि मनाउने निर्णय समेत गरेको छ ।

उक्त कार्याक्रममा संघमा आवद्ध सम्पूर्ण व्यवसायीलाई उपस्थितीका लागि विज्ञप्ति मार्फत अनुरोध समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्