पाँच तल्ले मन्दिर स्थापना भएको ३ सय १४ बर्ष पुरा



भक्तपुर, (नेस) ।
असार शुक्लपक्ष प्रतिपदाका दिन आईतबार भक्तपुरको बिश्व सँम्पदामा सुचिकृत पाँचतले मन्दिर (ङातापोल्ँह ) को ३१४ बर्षको बर्षबन्ध (बुसादाँ) मनाईएको छ ।

प्रत्येक बर्ष आजको दिन असार शुक्लपक्ष प्रतिपदामा ङातापोल्हँको बिशष पुजा गरी मन्दिरको गजुरमा झण्डातोलन गर्ने चलन छ । तुछिमला टोलका अवालहरुद्घारा मन्दिरको गजुरमा झण्डा फहराउने गरीन्छ ।

प्रत्येक बर्ष झै यो बर्ष पनि १२ जना मन्दिरमा माथि गएर र चार जना अवालहरु गजुर सम्म गएर झण्डा फहराईएको हो । सो झण्डा राख्नको लागि चार जना गजुरको चार कुनामा बसेर बान्ने गरीन्छ ।

यस्तो ज्यान जोखिममा मारेर काम गर्नु पर्ने भएपनि भक्तपुर गुठी सँस्थानले यो बर्ष अवालहरुलाई जम्मा चारहजार रुपैया मात्र खर्च दिने गरेको छ । नेपाल सम्वत ८२२ मा भुपतेन्द्र मल्ल राजाले शुरु गरेको बर्षबन्ध (बुसादाँ) पुजा गर्दै आएको सास्कृतिबिद अ‍ोम धौभडेलले बताउनुभयो ।

आजबाट पाँच तल्ले (ङातापोल्ँह ) मन्दिर स्थापना भएको ३१४बर्ष पुरा भई ३१५ बर्षमा प्रवेश गरेको तलेजुका मुल पुजारी नरेन्द्र जोशिले जानकारी दिनु भयो । झण्डाटोलन गर्ने अवालहरुलाई दिने खर्च भने आफुलाई चित्त नबुझेको र यसलाई बढाएर दिनु पर्ने उहाले बताउनु भयो ।

२०७२ सालको भुकम्पले सामान्य क्षति मात्र भएकाले मन्दिरको बनोट अन्बेषणको बिषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्