जनमत कि धनमत ?



 

राजनीतिक दललाई अहिले जनमतभन्दा पनि धनमततिर विश्वास बढेको पाइएको छ। खरिद गरेर भोट लिन दलहरू लागेपछि त्यसलाई धनमत नभनेर के भन्ने त भन्ने प्रश्न धरहरा वरपर धेरैको पाइयो ।

प्रसंग असार १४ गते हुन लागेको दोस्रो चरणको निर्वाचनको हो। झापाको सतासीधाममा दलका दुई नेता कापीमा हाजिर गराउँदै प्रति मतदाता ५ हजार दिदैं गरेको दृष्य देखेपछि धरहरालाई आफूपनि मतदाता बनेर सतासीधाम जाउँजाउँ लागेको छ।

तर, विचरा ⁄ यो बुढो धरहरा हिंड्न सक्दैन के गर्नू ? पूरा गर्नै नसक्ने सपना बाँडेर पनि नपुगेपछि नेताहरूले पैसा बाँड्नु भनेको उनीहरूका हर्कतको पराकाष्ठा नै भो नि होइन ? पाठकवृन्दको यसमा केही भन्नु छ कि ?

प्रतिक्रिया दिनुहोस्