टुरिजम डेभलोमन्ट बैंक ८औं वर्षमा



 

काठमाडौं, (नेस)
टुरिजम डेभलपमेन्ट बैंकले स्थापनाको सात वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले ग्राहकको सेवा सुविधालाई अझै परिष्कृत, अत्याधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यले स्र्माट मोबाइल बैकिङ, इएमभी चिपमा आधारित भिसा डेविट कार्ड, पोइन्ट अफ सेल्स मेसिन, आस्वा सेवा र अन्तर्राष्ट्रिय ट्राभल कार्ड सञ्चालनमा ल्याएको छ। बैंकले सञ्चालनमा ल्याएको यो कार्ड विश्वव्यापी रूपमा प्रयोग भएको यो कार्ड अत्याधुनिक ईएमभी चिपमा आधारित प्रविधि भएकाले सुरक्षित रहेको बैंकले जनाएको छ। कार्ड नेपाल र भारतका एक लाखभन्दा बढी एटीएममा चल्ने बैंकको दाबी छ।

बैंकले ८ नयाँ शाखा तथा ५ वटा थप एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याउने तयारी रहेको जनाएको छ। २९ शाखामार्फत् ११ अर्ब रुपियाँ निक्षेप गरेको, १० अर्ब ५० करोड कर्जा प्रवाह गरेको तथा २ अर्ब १ करोड पुँजी रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्