प्रेसर कुक्कर पड्किँदा ३ प्रहरी घाइते



प्युठान (नेस) ।
प्रेसर कुक्कर पड्केर प्युठानमा तिन जना म्यादी प्रहरी घाइते भएका छन्।

बाल विद्या मा वि मरन्ठानामा मजुवा निर्वाचन केन्द्रमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई खाना पकाउने क्रममा प्रेसर कुकर  पड्किँदा ३ जना म्यादी प्रहरीहरु घाइते भएको हुन् ।

घाईते हुनेहरूमा म्यादी प्रहरी गणेशमान गिरी,श्रीधर पोख्रेल र गोपाल जिसी हुन् ।

उनिहरु लाई उपचारको लागि मरम्ठाना उप स्वास्थ्य चौकीमा लगिएको मतदान अधिकृत लक्षण आचर्यले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्