नयाँ नेपाल



 

मुलुकमा नयाँ शासन व्यवस्था आएको छ। धेरै क्षेत्रमा परिवर्चन आएको छ। यही नयाँ शासन व्यवस्था र परिवर्तनको लहरले गर्दा हामी अक्सर नयाँ नेपालको कुरा गर्छौं। नयाँ नेपालमा यस्तो हुन्छ, यस्तो गर्नुपर्छ आदी इत्यादी। तर यही नयाँ नेपालमा कहिलेकाही यस्ता घट्नाहरू घट्छन् जुन सुन्दा हाम्रो शिर झुक्छ, लाजले हामीलाई रातोपीरो बनाउँछ।

कुरा हो बाजुरा जिल्लाको। बाजुरा जिल्लास्थित छेडेदह गाउँपालिका–१ बिराडी गाउँका एक दलितलाई गोठ छोएको भन्दै २ हजार रकम जरिवाना तिर्न लगाइएको छ। नेकपा (एमाले) को चुनाव प्रचारमा हिँडिरहेका बेला राजेन्द्रबहादुर सिंहको भैंसी गोठको छाना छोएको बन्दै स्थानीय प्रेमबहादुर विकलाई गाली गर्नुका साथै २ हजार रुपियाँ जरिवाना तिराइएको थियो। सिंहले दलितले गोठ छोएकाले देउता मान्नलाई भनी विकलाई जरिवाना तिर्न लगाइएको हो।

गोठ छुने दलितलाई गरिएको यो व्यवहारले नयाँ नेपालको अवधारणालाई ठाडै चुनौती दिएको छ। हाम्रो समाज कहाँ र कता जाँदै छ भन्ने प्रश्न उठ्छ यस्ता घट्नाले। छुवाछुत एक्काइसौं शताब्दीमा पनि व्याप्त छ हाम्रो देशमा। संसारका मुलुक कहाँबाट कहाँ पुगिसके तर हाम्रो देश नेपाल अझै पनि यस्ता पुरातनवादी सोचाई अल्झेर बसेको छ। कहिले होला यस्ता कुसंस्कारको अन्त? यो प्रश्न आज हामीमाझ तेर्सिएको छ।

यस्ता कुसंस्कारहरू जरैबाट उखेलेर फाल्न सबै एकजुट हुनुपर्ने सन्देश धराहराले सम्पूर्ण जनतालाई आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस्