बिद्यालय जाँदै गरेका प्रधानाध्यापकमाथि गोली प्रहार



काठमाडौ (नेस) ।
बिहान करिब साढे ६ बजे बिद्यालय जाँदै गरेका प्रधानाध्यापक नरेन्द्रकुमार शर्मामाथि गोली प्रहार भएको छ ।

धनुषाको लक्ष्मीनिया बजार नजिकै उक्त घटना घटेको हो । बाईकबाट आएका दुई जनाले उनिमाथि गोली प्रहार गरी फ्रहार भएको बताइएको छ ।

विलट साह सर्वोदय मावि, सिनुरजोडाका प्रअ ५० वर्षीय नरेन्द्रकुमार शर्माको बायाँ गालामा गोली लागेको समाचारपत्र संवाददाता विरेन्द्र रमणले जानकारी दिनुभयो ।

गोली लागेपछि उनको अवस्था अहिले गम्भीर छ । उपचारका लागि जनकपुर अञ्चल अस्पतामा भर्ना गरिएको छ ।

गोली प्रहार गर्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्