विद्यार्थीलाई शिवहरीको सुझाव



 

हास्य अभिनेता एवं अन्तर्राष्ट्रिय कलाकार संघ नेपालका अध्यक्ष शिवहरि पौडेलले गिवद्यार्थीले अध्ययनलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन। शंखमूलस्थित एआईए स्कुलबाट एसईईमा शतप्रतिशत पास गरेका छात्रछात्राको सम्मानमा आयोजित विशेष कार्यक्रमलाई सबोधन गर्दै उनले राम्रो शिक्षा आर्जन गरेका व्यक्ति जुनसुकै फिल्डमा गए पनि सक्षम हुन सक्ने र त्यस्ता पढे–लेखेका राजनीति गर्नेतिर लागे पनि ढुंगा हान्ने र नेपाल बन्दजस्ता जनविरोधी काम गर्नेतिर लाग्न नहुने सुझाव दिए।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक विश्वास रोक्का मगरले एआईएको उत्कृष्ट पढाइसँगै सांस्कृतिक एवं अन्य अतिरिक्त कार्यक्रमको निकै प्रभावकारी रहेको आफूले अनुभूति गरेको बताए। विद्यालय अध्यक्ष हरि ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा रोचक सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्