किम सेरोगेटको मद्दतमा आमा बन्दै



 

हलिउड नायिका किम कार्डसियन तथा उनको पति कान्य वेस्ट आफ्नो तेस्रो बच्चा जन्माउनका लागि सेरोगेटको मद्दत लिँदै छन्।

किम प्लसेन्ट एक्रेटा नामक रोगबाट पीडित छिन्। जसको कारण यी दम्पतीले यस्तो निर्णय लिएका ह्ुन्। यस्तो अवस्थामा अर्को बच्चालाई जन्म दिनु किमको लागि हानिकारक हुनेछ।

यसका लागि किम तथा वेस्टले १ लाख १३ हजार ८ सय ५० अमेरिकी डलर खर्च गर्दैछन्। यो भन्दा पहिले यी जोडीको दुई सन्तान छोरी नर्थ र छोरा सेन्टा छन्। उनीहरु आफ्नो सन्तानका लागि एक एजेन्सिको मद्दत लिएका थिए। उनीहरुले सेरोगेट मदरका लागि १० महिनासम्म मासिक ४५ सय डलर अर्थात् कुल ४५ हजार डलर दिनुपर्नेछ। यसको अलावा उनीहरुले एजेन्सीलाई पनि ९८ हजार ८ सय ४० डलर दिनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्