‘कानुनी अभ्यासमा प्रविधिको महत्त्व’ विषयक अन्तरक्रिया



 

नेपाल समाचारपत्र
काठमाडौं
ल हेजर्स नेपालको आयोजनामा ‘कानुनी अभ्यासमा प्रविधिको महत्त्व’ विषयक अन्तरक्रिया कार्यक्रम काठमाडौंको ल क्याम्पसमा सम्पन्न भएको छ।

ल हेजर्स नेपालका अध्यक्ष कपिल रोक्काको अध्यक्षता एवं नेपाल दूर सञ्चार प्राधिकरणका निर्देशक पुरुषोत्तम खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।

कार्यक्रममा प्राधिकरणका निर्देशक खनालले कानुनलाई प्रविधिसँग जोड्नु आजको आवश्यकता रहेको बताउनुभयो।

उहाँले कानुनी क्षेत्रका विषयलाई प्रविधिमा प्रयोग ल्याउन निकै ढिलाई भएको धारणा राख्नुभयो।

कार्यक्रममा वरिष्ठ अधिवक्ता शतीशकृष्ण खरेल, अधिवक्ता बाबुराम दाहाललगायतले बोल्नुभएको थियो। ल हेजर्स नेपालका विज्ञान विष्टको स्वागतबाट शुरू भएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव कोमल बरालले गर्नुभएको थियो।

कार्यक्रममा आईटी र कानुन संकायमा अध्ययनरत विद्यार्थीको सहभागिता रहेको संस्थाका सदस्य मनोविज्ञान शर्माले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्