निर्वाचन टोली कार्य स्थलमा प्रस्थान



विष्णु तिमिल्सिना, बर्दिया ।
यहि असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि बर्दिया जिल्लाका सबै मतदान केन्द्रहरुमा निर्वाचन सामग्री सहित कर्मचारीहरु सम्मिलित निर्वाचन टोली कार्यस्थल तर्फ प्रस्थान गरका छन् ।

२ वटा गाउँपालिका र ६ वटा नगरपालिका रहेको बर्दिया जिल्लामा जम्मा २ लाख ५३ हजार १ सय ८८ मतदाता रहेको कुरा जिल्ला निर्वाचन अधिकृत पवन कुमार शाहीले बताउनु भयो ।

बर्दिया जिल्लामा जम्मा १ सय ५३ वटा मतदान स्थलमा ३ सय १४ वटा मतदान केन्द्र रहेका छन् । मतदान कार्यका लागि प्रत्येक केन्द्रमा १ जना मतदान अधिकृत १ जना सहायक मतदान अधिकृत २ जना सहायक कर्मचारी र सहयोगी समेत गरी १ हजार ८ सय ४४ जना कर्मचारी खटिएको कुरा जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यसैगरी १ मतदान स्थलमा मतदान केन्द्रको संख्या मतदाता संख्या हेरी ९ जना देखि २७ जना सम्म नेपाल प्रहरीको सुरक्षा टोली खटाइएको कुरा प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर थापाले बताउनु भयो ।

साथै थप सहयोगको लागि आवश्यकताअनुसार सशस्त्र प्रहरी तथा नेपाली सेनालाई पनि खटाइएको उहाँले बताउनु भयो । जिल्लामा निर्वाचनको सुरक्षा संवेदनशीलता हेरी थप सुरक्षाकर्मीको पनि व्यवस्था गर्नसकिने जानकारी दिनुभयो । निर्वाचनलाई शान्तिपूर्ण रुपले सम्पन्न गर्नको लागि मतदान स्थललाई ४३ वटा अति संवेदनशील, ५८ वटा सामान्य र बाँकी सेंवदनशील स्थल मानी सोही अनुसार सुरक्षा व्यवस्था गरिएको कुरा बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्