कानुनि अभ्यासमा प्रविधीको महत्व आबश्यक



नेपाल समाचारपत्र, काठमाडौं ।
ल हेजर्स नेपालको आयोजनामा कानुनि अभ्यासमा प्रबिधीको महत्व बिषयक अन्तकृया कार्यक्रम काठमाडौंको ल क्याम्पसमा सम्पन्न भएको छ । ल हेजर्स नेपालका अध्यक्ष कपिल रोक्काको अध्यक्षता एवम् नेपाल दुरसञ्चार प्राधीकरणका निर्देशक पुरुषोत्तम खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा प्राधिकरणका निर्देशक खनालले कानुनलाई प्रबिधीसंग जोड्नु आजको आबश्यकता रहेको बताउनुभयो । उहाँले कानुनि क्षेत्रका बिषयलाई प्रबिधीमा प्रयोग ल्याउन निकै ढिलाई भएको धारणा राख्नुभयो । कार्यक्रममा वरीष्ठ अधिबक्ता बाबुराम दाहाल लगायतले बोल्नुभएको थियो । ल हेजर्स नेपालका बिज्ञान बिष्टको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजिकरण संस्थाका सचिब कोमल बरालले गर्नुभएको थियो । कार्यक्रममा आई.टि र कानुन संकायमा अध्ययनरत बिद्यार्थीहरुको सहभागिता रहेको संस्थाका सदस्य मनोबिज्ञान शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्