प्यूठानमा निर्वाचनको सवै तयारी पुरा, सुरक्षा कडा



सलिम अन्सारी, प्यूठान ।
असार १४ मा हुने स्थानीय तह निर्वाचनको सवै तयारी पुरा भएको छ। प्यूठानका सवै मतदान केन्द्रमा आवाश्यक निर्वाचन सामाग्री सहित कर्मचारी र सुरक्षाकर्मी पुगिसकेको जिल्ला निर्वाचन कार्यालय प्यूठानले जनाएको छ ।
मतदान परिचयपत्र, सुरक्षा व्यबस्था, निर्वाचन सामाग्री लगायतका सवै व्यवस्थापनको काम लगभग सकिएको छ। मतदान केन्द्रमा आज देखि सुरक्षा निगरानी बढाइएको छ। जिल्लाको ग्रामिण क्षेत्र सहित प्यूठान र स्वर्गद्धारी नगर क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ। केन्द्रमा मतदानका लागि सवैको सुरक्षा ब्यवस्था मिलाइएकाले निर्भयताका साथ मतदान गर्न स्थानीय प्रशासनले आग्रह समेत गरेको छ। प्यूठानका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले निर्वाचनमा सहभागी हुने सवै मतदातालाइ सुरक्षित रुपमा मतदान गर्न व्यावस्था मिलाइएको जानकारी दिए।
झण्डै ५ हजार जनशतिm गाउँ खटिए
आशन्न स्थानीय तहको दोश्रो चरणको निर्बाचनका लागि यहा ४ हजार ५ सयभन्दा बढी जनशतिm परिचालन गरिने भएको छ ।

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार जिल्लाभरी ३ हजार ३ सय सुरक्षाकर्मी, ८ सय ८६ निजामती कर्मचारी र ५ सय २८ स्वम्सेवक गरि ४ हजार ७ सय १४ जना जनशतिm चुनावका लागि परिचालन गर्न लागिएको छ। जिल्लाका सवै क्षेत्रमा नेपाल प्रहरी, म्यादी प्रहरी सँगै नेपाली सेना र सशस्त्र प्रहरीबल समेत तैनाथ गरिएको छ। प्यूठानमा रहेका ६४ वटा मतदानकेन्द्र मध्ये दुर्गम तथा टाढाको केन्द्रमा शुक्रवार नै मतदानअधिकृत सहितका कर्मचारी खटाइसकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो।

सवै निर्वाचन केन्द्र र मतदानस्थलमा कर्मचारी परिचालन गरिसकिएको भएपनि आइतवार बिहानसम्म कर्मचारी मतदान केन्द्रमा पुग्ने मुख्य निर्वाचन अधिकृत न्यायधिष बासुदेव न्यौपानेले जनाए। स्थानीयतहको चुनावलाइ ध्यानमा राखेर यहाँ मदिरा सेवन तथा बेचबिखनमा रोक लगाइएको छ। निर्वाचन शान्तिपुर्ण र भयरहित बाताबरणमा सम्पन्न गर्न निर्वाचन अबधिभर जिल्लामा मदिरा बिक्री बितरणमा पुर्ण रुपमा बन्देज गरिएको हो।

 

जिल्लामा रहेका १ सय ८६ मतदानस्थल मध्ये गौमुखी,नौबहिनी गाउँपालिका र माडि क्षेत्र सँवेदनशील रहेको जनाएको छ। २ नगरपालिका र ७ गाउँपालिका रहेको प्यूठानमा १ लाख २७ हजार ४ सय ४७ जना कुल मतदाता रहेका छन। प्यूठानका नौ स्थानीय तहबाट ३ सय ६८ जना जनप्रतिनिधि निर्बाचित हुनेछन।

प्रतिक्रिया दिनुहोस्