जित्ने दाउमा ठुला दल,सानाको ध्यान अस्तित्व रक्षामा



सलिम अन्सारी प्यूठान
स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा पनि प्यूठानमा ठूला दलहरु बिच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

नौ वटै स्थानीय तहमा नेकपा एमाले,राष्टिय जनमोर्चा,नेकपा माओबादी केन्द्र र नेपाली काग्रेस बिच चौतर्फी प्रतिस्पर्धा हुने सर्बत्र अनुमान गरिएको छ। चुनाव जित्ने दाउमा रहेका ठूलासँगै साना दलहरु पनि चुनावमा होमिएका छन ।

उनिहरुले सानै समुहमा भएपनि भेला तथा सम्मेलन गर्दै मतदाताको घरदैलोमा पुग्ने गरेका छन। चुनावमा जितहारभन्दा ठूलो मतदाता चिन्ने र जनमत पत्ता लगाउने भएको बताउदै उनिहरु चुनावी डौडमा छन।

प्यूठानका साना दलहरुले समेत चुनावी प्रचार अभियानलाइ तिव्रता दिएका छन। जिल्ला स्थित कुनै पनि तहमा जित्ने आशा उम्मेद्धवारलाइ छैन तै पनि उनिहरु प्रत्येक दिन नागरिकको घरदैलोमा भोट माग्न पुग्ने गरेका छन।

तर जिल्लाको प्यूठान नगरपालिकामा राष्टिय प्रजातन्त्र पार्टी पनि चुनावी प्रतिस्पर्धामा आउने सँभावना बलियो छ ।

राप्रपासँगै नेकपा माले,नयाँ शतिm नेपाल, लगायत अन्य साना दलले चुनावी प्रतिस्पर्धामा भाग लिएपनि उस्को सँगठन कम्जोर भएका कारण निर्वाचन आफनो पक्षमा पार्न निकै सकस रहेको बताइन्छ ।

प्यूठान नगरपालिकामा माओबादी केन्द्र र राष्टिय जनमोर्चा बिच मेयर र उपमेयरमा चुनावी समिकरण बनेको छ । तालमेलबाट असन्तुष्ट उस्का कार्यकर्ताको मत समेत राप्रपाले लिन सक्ने राजनीतिक बिश्लेषकहरु बताउँछन ।

यहाँको बौढिक जमात र स्वतन्त्र नागरिकको मत समेत राप्रपाले पाउन सक्ने सँकेत देखिएपछि उस्को टक्कर ठुला दलसँगै हुने कतिपयको ठहर छ। राप्रपाले यहाँबाट समाजस्ेवी एर्व जनता उच्च माबि बाग्दुलाका सेवा निबृत प्राचार्य गेहराज पण्डितलाइ उठाएको छ ।

उनि राप्रपाका तत्कालिन सहायक महामन्त्री एवँ मान्य स्व खेमराज पण्डितका सरोदर भाइ समेत हुन ।

चुनावी सर्गमी सुरु हुँदा ताका पण्डितले ठूला दलका मत काटने चर्चा गरिएपनि पछिल्ला दिनमा उनको पकड पनि बढदै गइरहेको छ । सँगठन कमजोर रहेकाले उनलाइ पनि निर्वाचनमा बिजयी हुन त्यती सजिलो भने हुनेछैन।

यहाँ नेकपा एमालेको सँगठन बलियो मानिन्छ। मेयरका उम्मेद्धवार पण्डितले भने पार्टीको बिचार र सिद्धान्त ठूलो कुरा हो, हामी त्यहि बिचार स्थापित गर्न जनताको घरदैलोमा छौ। नेकपा एमालेले प्रमुख पदमा यहाँ जिल्ला पार्टी अध्यक्ष तुलसीराम शर्मालाइ उम्मेद्धवार उठाएको छ। माओबादी केन्दका मेयरका उम्मेद्धवार अर्जुन कुमार कक्षपतीलाइ राजमोले सघाएको छ ।

पार्टी सचिव देवेन्द्र बर्मालाइ नेपाली काग्रेसले मेयरमा उठाएको छ। नेकपा मालेबाट मेयरमा उठेकी ललिता भण्डारीले आफनो जनमत बुझन चुनावी प्रचारमा लागेको बताइन ।

प्रतिस्पर्धामा जस्ले जितेपनि पार्टीको अस्तित्व जोगाउन चुनावी प्रचारमा खटिएको उनको भनाइ छ। जित्छौ भन्ने लागेको छैन उनले भनिन ।

ठूला दलहरुले जसरी पनि चुनाव जित्नुपर्ने होडवाजीमा आकर्षक नारा र बिकासे एजेण्डा बनाएर हिडिरहेका बेला साना दलहरुले भने आफनो पार्टीको नीती र सिद्धान्तलाइ नै ध्यान दिएका छन।

नीति र सिद्धान्त राम्रो भए मात्रै राजनीतिक स्थायित्व हुने र बिकासको बहार ल्याउन सकिने उनीहरुको तर्क छ।

 

प्रतिक्रिया दिनुहोस्