मतपेटिका धमाधम गाउँपालिकामा पठाईदै



रविन भट्टराई,ताप्लेजुङ ।

स्थानीय तहको चुनावका लागि ताप्लेजुङका मतदान केन्द्रमा धमाधम मतपेटिका पठाउन सुरु गरिएको छ ।

एक नगरपालिका र आठ गाउँपालिकाको ७३ मतदान स्थलका एकसय पाँच मतदान केन्द्रमा मतपेटिका पठाउन सुरु गरिएको हो ।

मतदान अधिकृत, सहायक मतदान अधिकृत र सुरक्षाकर्मीको साथमा शुक्रवार देखि मतपेटिका पठाउन सुरु गरिएको ताप्लेजुङका जिल्ला निर्वाचन अधिकारी गणेश अधिकारी बताउनुभयो ।

प्रति मतदान केन्द्रमा एक वटाका दरले मतपेटिका पठाउन थालिएको हो । चुनावका लागि विभिन्न गाउँपालिकामा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत र सुरक्षाकर्मीको साथमा ६ सय १९ कर्मचारी खटाईएको मुख्य निर्वाचन अधिकृत अशोक कुमार बस्नेत बताउनुभयो ।

आज सम्ममा सबै मतदान केन्द्रमा मतपेटिका सहितका कर्मचारी पुग्ने निर्वाचन कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्