मेरा लागि कोही राजकुमार त होला नि ः अनु शाह



फिल्म पशुपतिप्रसादका निर्देशक दीपेन्द्र के खनालद्वारा निर्देशित फिल्म द युगदेखि युगसम्मबाट फिल्मी क्षेत्रमा डेब्यु गरेकी नायिका हुन् अनु शाह। फिल्मभन्दा पहिले उनी म्युजिक भिडियोमा चिनिने नाम बनिसकेकी थिइन्। २ सयभन्दा धेरै म्युजिक भिडियोहरूमा अभिनय र मोडलिङ गरिसकेकी उनले मिलाप, नागरिक, भैरव बाजिगर, लक्ष्य, ठेगाना, धर्मालगायत झन्डै २ दर्जन फिल्मका विभिन्न भूमिकामा अभिनय गर्दै आएकी छिन्। एक कार्यक्रमको सिलसिलामा १ महिनादेखि विभिन्न जिल्लाको भ्रमणमा रहेकी उनी हिजोआज फिल्ममा कम म्युजिक भिडियोमा बढी देखिइरहेकी छिन्। उनै अनुसँग उनीसँग गरिएको ५ प्रश्न यहाँ प्रस्तुत छ ः

रश्मी थापा
फिल्ममा भन्दा म्युजिक भिडियोमा बढी देखिन थाल्नुभयो नि ?
हो, यो वर्ष मैले धेरै फिल्ममा काम गरिनँ। यो वर्ष मैले धेरै मुभिहरू गर्दिनँ भनेर अठोट नै गरेको थिएँ। त्यसैले पनि मेरो मुभिहरू कम भएका हुन्। मुभिमा धेरै अफरहरू त आए। तर पनि थोरै मुभि गर्ने, बरु राम्रो मुभि गर्ने भन्ने सोच बनँएकैले अफर आएका सबै मुभिमा काम नगरेको हो। अफर आएको कुनै पनि मुभिमा मलाई चित्त नै बुझेन। त्यसैले फिल्म कम देखिएको हो। म्युजिक भिडियोहरूचाहिँ गरिरहेको छु। अहिलेचाहिँ म एक महिनादेखि नै प्रोगामको सिलसिलामा सिन्धुलीमा छु।

करियर र आर्थिक दृष्टिकोणले म्युजिक भिडियोबाट फाइदा छ कि फिल्मबाट ?
फाइदा त दुवैतिरबाट छ किनभने दुवै काम हो। दुवैमा गर्ने अभिनय नै हो। त्यसैले म दुवैबाट खुसी र सन्तुष्ट छु। म आफ्नो कामलाई जहिले पनि फस्ट प्रायोरिटीमा राख्छु। त्यसकारण पनि फिल्म र म्युजिक भिडियो दुवै मेरो प्रायोरिटीमा छ। यसरी हेदौ मैले कुनबाट बढी फाइदा भयो भनेर कम्प्यारिजन गरेको छैन। तर रिजल्टचाहिँ चाँडै म्युजिक भिडियोबाट आउने गरेको छ। यसमा फास्ट रेस्पोन्स पाइन्छ।

फिल्म बनाउने वा निर्देशनमा जाने योजना पनि छ कि ?
डिरेक्सनमा आउने प्लान त मैले बनाइसकेको छैन। किनभने यसका लागि मैले धेरै कुराहरू सिक्न बाँकी नै छ। तर प्रोडक्सनमा आउनचाहिँ गाह्रो छैन। आफूसँग लागानी गर्न पैसा भए तुरुन्त पनि आउन सकिन्छ। केही समयअघि नै मैले फिल्म प्रोडक्सनको क्षेत्रमा आउँछुु भनेको पनि थिएँ। अब ढिलो–चाँडो कहिले हुन्छ अर्कै कुरा हो, तर म मुभि प्रोडक्सनमा आउनेछु। निर्देशन गर्नेबारे चाहिँ अहिले नै केही सोचेको छैन।

अहिलेका नायिकाको भीडमा आफ्नो स्थान कहाँ पाउनुभएको छ ?

मैले आफूलाई अरू कोहीसँग पनि कम्पेयर गरेको छैन। त्यसैले मेरो कम्पिटिटर कोही पनि छैन। मैले काम गर्ने हो। बाँकी कुरा त दर्शकको हातमा हुन्छ। उहाँहरूले मलाई जुन स्थानमा राख्नुहुन्छ, त्यही नै मेरो स्थान हो। म आफ्नो पोजिसनसँग अरू कसैसँग कम्पिटिसन गर्न चाहन्न। म आफ्नो कम्पिटिटर आफैं हो।

तपाईं अफेयर्समा हुनुहुन्छ ?
अहँ म अफेयर्समा छैन। म अहिलेसम्म सिंगल नै छु। म सधैंभरि काममा नै व्यस्त छु। त्यसैले लभ, अफेयर्सका बारेमा सोच्ने फुर्सद नै हुन्न। मैले अझैसम्म मेरा लागि कुनै राजकुमार भेट्या छैन। मैले त्यस्तो प्लान गरेको पनि छैन। माया भन्ने आफैं बस्ने कुरा हो। योजना गरेर बनाइने कुरा पनि होइन। तर कसैसँग माया बसेको छैन। म आजसम्म सिंगल छु, यसैमा खुसी पनि छु। तर मेरा लागि पनि कोही राजकुमार त होलान् नि है ?

प्रतिक्रिया दिनुहोस्