एनसेलको डेटा बन्डलिङसहित हुवावेको पी टेन प्लस स्मार्टफोन



नेपाल समाचारपत्र
काठमाडौं
एनसेल प्रालिको सहकार्यमा हुवावे टेक्नोलोजिज्ले एनसेलको डेटा सेवा बन्डलिङ र विषेश रूपमा डिजाइन गरिएको पी टेन प्लस क्यामेरा लेन्स किट उपहारसहित आफ्नो नयाँ पी टेन प्लस स्मार्टफोन शुक्रबार नेपाली बजारमा सार्वजनिक गरेको छ।

विश्व प्रसिद्ध क्यामेरा उत्पादक लेइकासँगको सहकार्यमा उत्पादन गरिएको पी टेन प्लस एक स्टाइलिस र आधुनिक स्मार्टफोन हो जसले व्यावसायिक स्टुडियोको जस्तो क्यामेरा इफेक्टस् दिँदै फोटोलाई अझै राम्रो बनाउँछ। नवीन प्रविधिको नमुनाको रूपमा यसमा हुवावे सुपरचार्ज जस्ता विषेशता रहेका छन् जसले पी टेन प्लसलाई सबै भन्दा एड्भान्स फोटोग्राफी स्मार्टफोन बनाएको छ।

एनसेल र हुवावेबीचको डिभाइस र डेटा सेवा बन्डलिङ साझेदारीअन्तर्गत पी टेन प्लस स्मार्टफोन खरिद गर्ने ग्राहकले हरेक महिना एनसेलको १ जिबी डेटा १० महिनासम्म निःशुल्क पाउनेछन्। यो सहकार्यले ग्राहकलाई विषेश लाभ सुनिश्चित गर्दै उनीहरुलाई उत्कृष्ट डेटा सेवाको अनुभव प्रदान गर्ने विश्वास एनसेल र हुवावेले लिइएको छ।

एनसेलसँग सहकार्य गरी आफ्नो अत्याधुनिक स्मार्टफोन किन्ने ग्राहकलाई निःशुल्क एनसेलको डेटाका प्रदान गर्न पाएकोमा आफु खुशी रहेको हुवावे टेक्नोलोजिज्ले बताएको छ। हुवावेले पी टेन प्लसका ग्राहकका लागि ३ महिना अवधि रहेको मोबाइल डिस्प्ले स्क्रिन बीमा, काठमाडौंमा डोर टु डोर र भीआइपी टु आवर आफ्टर सेल्स सर्भिसलगायतका विषेश सुविधा प्रदान गरेको छ।

बन्डलिङअन्तर्गतको डेटाको सेवाको मजा लिन हुवावे पी टेन प्लस ग्राहकले उतm मोबाइलमा एनसेलको सिम राखी अंग्रेजीमा एनसेल टाइप गरी १७१०० मा एसएमएस पठाउनु पर्नेछ। त्यसपश्चात ग्राहकले अफरअन्तर्गतको डेटा पाउने र फोरजी लगायतको दु्रत गतिको इन्टरनेट सेवाको मजा लिँदै आफ्ना कार्य उच्च गतिमा गर्न सक्नेछन्।

एनसेलले जेठ १८ बाट काठमाडौं उपत्यका, नगरकोट, बनेपा र धुलिखेलमा फोरजी सेवा सुचारु गरिसकेको छ। साथै कम्पनीले सन् २०१७ को अन्त्यसम्ममा कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी पुर्याउने लक्ष्य लिई कार्य गरिरहेको। कम्पनीले आफ्नो ‘इन्टरनेट सबैका लागि’ थिम अन्तर्गत ग्रामीण र दुर्गम क्षेत्रमा रहेका ग्राहकलाई उच्च गतिको मोबाइल ब्रोडव्यान्डमा पहुँच सुनिश्चित गर्नका लागि थ्रिजी नेटवर्कको विस्तार पनि गर्दैछ।

‘हामीले मोबाइल ब्रोडब्यान्डमा ग्राहकको पहुँच बढाउदै डिजिटल नेपाल निर्माणको परिकल्पनालाई साकार बनाउन योगदान पुर्याउने प्रतिबद्धता बमोजिम अबको ६ महिनामा कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी सेवा उपलब्ध हुने गरी फोरजी नेटवर्कको विस्तार गर्दैछौं र थ्रिजी सेवाको पहुँच पनि एक वर्षमा दोब्बर बनाउँदै कुल जनसंख्याको ६० प्रतिशतमा पुर्याउँदै छौं।

मोबाइल ब्रोडव्यान्ड र ग्राहक अनुभवमा मोबाइल डिभाइसले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ किनकी डिभाइसको माध्यमबाट ग्राहकले विविध सेवा तथा अवसरहरु उपयोग गरी लाभ लिने हो। त्यसैले नवीन विषेशता र क्षमता भएका स्मार्टफोनहरुमा पहुँच हुनु महत्वपूर्ण हुन्छ। हुवावेसँग सहकार्य गर्दै ग्राहकका लागि आफ्नो डेटा सेवा उपलब्ध गराउँदा हामी हर्षित छौं। यसले ग्राहकलाई थप मूल्य तथा विभिन्न अवसरहरुको लाभ प्रदान गर्ने विश्वास छ,’ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भन्नुभयो।

पी टेन प्लस मोडल अन्र्तगतका स्माटफोन ६४ जिबी आन्तरिक मेमोरी रहेको छ भने यी आकर्षक सुनौलो, कालो र चाँदीको रङमा उपलब्ध छन्। एनसेलको १० जिबी डेटा, विषेश डिजाइन रहेको पी टेन प्लस क्यामेरा लेन्स किट, डिस्प्ले स्क्रिनको तीन महिनाको बीमा, सीटीसी मलमा रहेको हुवावे सर्भिस सेन्टरबाट २ घण्टाभित्र प्रदान गरिने बिक्रप्ीछिको भीआईपी सेवा र घर–घर गई हुवावेका प्रतिनिधिले प्रदान गर्ने बिक्रप्ीछिको सेवा सुविधाले पी टेनलाई अझ विशेष बनाएको छ।

हुवावेले २०१७ सिरिजको नयाँ पुनरावृत्ति अन्तर्गत वाई थ्रि २०१७ र वाई फाइभ २०१७ मोडेलका मोवाइल सेट ल्याएको छ। साथै युवा वर्गलाई लक्षित गर्दै वाई सेभेन प्राइम ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्