कौस्तुभलाई एईसी सुपर कप



नेपाल समाचारपत्र,काठमाडौं
कौस्तुभ कलेजले चितवन टाइगर्सको चुनौती समाप्त पार्दै शुक्रबार एईसी सुपर कप इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

कोटेश्वरस्थित अल्टिमेट इन्डोर क्रिकेट खेल मैदानमा भएको फाइनल खेलमा कौस्तुभले चितवन टाइगर्सलाई १ सय रनको भारी अन्तरले पराजित गरी उपाधि जितेको हो। निर्धारित १८ ओभरको खेलमा चितवन टाइगर्सले पहिलो इनिङमा ६७ रन बनाएको थियो। जसमा विपिन कार्कीले २२ रन र उत्तम कठायतले १८ रन जोडेका थिए।

कौस्तुभका दीपेन्द्र मैनाली र रूपेश श्रीवास्तवले तीन–तीन विकेट लिएका थिए।

दोस्रो इनिङमा कौस्तुभले निर्धारित १८ ओभरमा १ सय ६७ रन बनाएपछि जित हात पारेको थियो। जसमा टोलीका दिपेन्द्र मैनालीले ३७ रन बनाए। यस्तै प्रदिप टन्डनले ३५ तथा धिरज अधिकारीले ३४ रनको योगदान दिएका थिए। चितवन टाइगर्सका आवाज घिमिरेले दुई विकेट लिए।

विजयी बनेको कौस्तुभ कलेजले ५० हजार प्राप्त गर्यो। म्यान अफ दि सिरिज बनेका कौस्तुका दिपेन्द्र मैनालीले नगद ५ हजार प्राप्त गरे। आरिगातो एजुकेसनल कन्सल्टेन्सी तथा पाण्डा इभेन्ट्सको संयुक्त आयोजनामा गत मंगलबारदेखि शुरू भएको प्रतियोगितामा १८ टोलीको सहभागिता रहे।

प्रतिक्रिया दिनुहोस्