लैनचौरलाई पाँच स्वर्ण



काठमाडौं, (नेस)
आयोजक लैनचौर तेक्वान्दो डोजाङले क्षेत्र नं. ६ व्यापी तेक्वान्दो प्रतियोगिताको पहिलो दिन शुक्रबार ५ स्वर्ण जितेको छ। ६ स्वर्णका लागि प्रतिस्पर्धा भएको दिन एक स्वर्ण मनमैजुले हात पार्न सफल भयो।

ठमेलस्थित जिएए हलमा भएको प्रतियोगिताको पुरुष १८ केजीमुनि आयोजकका सुशान्त भुजेलले स्वर्ण जिते। उनले फाइनलमा आदर्श योग हरि माविका रोहन भुजेललाई पराजित गरे। २३ केजीमुनि आयोजकका निरज कार्की शीर्ष स्थानमा रहे।

उनले उपाधि भिडन्तमा न्यु क्रिएटिभका प्रशान्त पुन मगरलाई हराए। २७ केजीमुनि आयोजकका रेक्स बलामी पहिलो भए। उनले मनमैजुका राजेश खत्रीलाई हराए। ३० केजीमुनि आयोजकका स्विकार रजकले फाइनलमा आदर्शका आयुश श्रेष्ठलाई पाखा लगाउदै स्वर्ण जिते। ३७ केजीमुनि आयोजकका निर्मल कार्की च्याम्पियन बने।

उनले सिर्जनाका विशाल विकको चुनौती समाप्त पारे।

मनमैजुकी ओजल्मा तामाङले महिला २१ केजीमुनिको उपाधि हात पारिन्। फाइनलमा ओजल्माले आयोजककी आकृतिलाई निराश पारिन्।

प्रतिक्रिया दिनुहोस्