ढुक्कले मतदान गर्नुस् ः आयुक्त



बैतडी, (नेस)
निर्वाचन आयुक्त सुधीरकुमार शाहले असार १४ गते हुने निर्वाचन शान्तिपूर्ण ढंगबाट सम्पन्न गर्नका लागि शान्तिसुरक्षाको अवस्था सन्तोषजनक रहेको बताउनुभएको छ।

शुक्रबार जिल्लाको शान्तिसुरक्षा अवस्था अनुगमन गर्न बैतडी आइपुग्नुभएका आयुक्त शाहले सो धारणा राख्नुभएको हो।

निर्वाचनको ज्यादै ठूलो महत्व भएकाले ढुक्कसँग कसैको डर–त्रास नमानी मतदान गर्न उहाँले आममतदातालाई आग्रह भएको छ।

उहाँले निर्वाचन आचारसंहिता उल्लंघन गर्नु राम्रो कुरो नभएको भन्दै कडाभन्दा कडा कारवाही गरिने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्