बिथोल्न खोज्ने पाँच समातिए



पाँचथर, (नेस)
चुनाव विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले विप्लव माओवादीका पाँचजना कार्यकर्तालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ताप्लेजुङ साब्लाखुका मुस्कान लिम्बू, फाल्गुनन्द–४ का विजय नेम्वाङ, फाल्गुनन्द–५ का जितबहादुर चेम्जोङ र कविराज चेम्जोङ तथा धनकुटा पाख्रिबास–३ का संघर्ष परियार रहेका छन्।

चुनाव बिथोल्ने योजना बनाइरहेका बेला उनीहरुलाई पाँचथरका विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उहाँले पक्राउ पर्नेमाथि सार्वजनिक मुद्दा दर्ता गरिने प्रक्रिया अघि बढाउने बताउनुभयो। रासस

प्रतिक्रिया दिनुहोस्