चन्दा नदिदा जिल्ला कृषि विकास कार्यालय पर्साका प्रमुख सिन्हा कुटिए



कृष्णउदास खनाल, वीरगन्ज ।

मुसलवान समुदायको पवित्र पर्व इद मनाउनका लागि चन्दा नदिएकोभन्दै  जिल्ला कृषि विकास कार्यालय पर्साका प्रमुख वीरेन्द्र कुमार सिन्हालाई कुटपिट गरिएको छ ।

यद्यपी कुटपटि गर्ने समूहका अभिभानवकहरुले शुक्रबार बेलुका नै प्रमुखसंग माफी समेत मागेका छन् । वीरगन्ज श्रीपुरका तीन जना युवाले कार्यालय प्रमुख सिन्हालाइ चन्दा नदिएको भन्दै कुटपिट गरेको कर्मचारीहरुले बताए । जिल्ला कृषि विकास कार्यालय पर्साको लेखा शाखामा शुक्रबार बिहान ११ बजे तिर बसिरहेका बेला कार्यालय प्रमुख सिन्हालाइ उनीहरुले दुव्र्यवहार गर्दै कुटपीट गरेको प्रमुख सिन्हाले नै बताए । चन्दा दिने रकम आफूहरुसंग नहुने बताएपछि ती युवाकहरुले कुटेको उनले बताए ।

सिन्हाका अनुसार कुटपीट गर्ने युवाहरुले कास्मिया जामे मस्जिदको लेटर प्याड प्रयोग गरेर ५० हजार रुपैया चन्दा मागेका थिए । यसैबीच श्रीपुरको कासीमीया जामे मस्जिदका अगुवाहरुले उक्त घटनापछि दिउसो कृषि विकास कार्यालयका प्रमुख सिन्हालाइ भेटेर माफी मागेको र माफी मागेका कारण आफूले प्रहरीमा उजुरी नगरेको सिन्हाले बताए ।

प्रतिक्रिया दिनुहोस्