एक्स–रे मेसिन मर्मत हुन नसकेपछि सेवाग्राही मार्कामा



लक्ष्मी कुमार साह, महोत्तरी ।
महोत्तरीको सदरमुकाम जलेश्वर अस्पतालमा रहेको एक्स–रे मेसिन समयमै मर्मत हुन नसकेपछि सेवाग्राही मार्कामा परेका छन् ।
करिब दुई महिनादेखि बिग्रिएको अवस्थामा रहेको एक्स–रे मेसिन मर्मतका लागि अस्पताल प्रशासनले समयमै ध्यान नदिएपछि उपचार गराउनका लागि आउने दैनिक सयौँ बिरामी मर्कामा परेका हुन् ।

एक्स रे फाँटका कर्मचारीले रु. ३५ लाख मुल्य बराबरको नयाँ एक्स–रे मेसिन मर्मतका लागि रु दुई–तीन लाख लाग्ने बताए साथै पुरानो एक्स रे मेसिन पनि बिग्रिनाले सम्पूर्ण एक्स–रे सेवावाट सेवाग्राही मार्कामा परेको बताउनुहुदै उनले हजारौँ रुपैयाँ एक्स–रे बाट मासिक कमाई आउँदा पनि अस्पतालले मेसिन मर्मत गराउन ध्यान नदिएको गुनासो पोखेको छ । अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयलाई पटक पटक जानकारी र ताकेता गर्दा समेत मेसिन मर्मतमा खासै ध्यान नदिएको नाम नबताउने शर्तमा उनले थपे ।

यता राजवती देवी छातीको एक्स रे गराउन जलेश्वर अस्पतालमा जाँदा एक्स रे मेशिन नै खराब भएको देख्दा उनी अस्पताल प्रशासनले कस्तो लापरवाही गरेको आरोप लगाईन् । उनले एक्स रे बाहिरबाट गराउनु पर्ने बाध्यता रहेको बताउनुहुदै दोब्बर रकम लाग्नुको साथै कमिशनको पनि चलखेल भएको जिकिर गरे ।

यता जिल्ला स्वास्थ्य कार्यालय प्रमुख तथा जलेश्वर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. नागेन्द्रप्रसाद यादवले विगत दुई महिना देखि बिग्रिएको एक्स–रे मेसिन मर्मतका लागि टेक्निसयनसँग कुराकानी भइरहेको बताउनुहुदै चाडै नै एक्स रे मेशिन मर्मत गरी सञ्चालनमा ल्याउने बताए ।

प्रतिक्रिया दिनुहोस्