दार्चुलामा कांग्रेस सदस्य निर्विरोध



नेपाल समचारपत्र, बैतडी ।
दार्चुलाको व्याँस गाउँपालिकामा नेपाली कांग्रेसका दलित महिला उम्मेदवार निर्विविरोध निर्वाचित भएका छन् । व्याँस गाउँपालिका ५ का दलित महिला उम्मेदवार मालती लुहार निविरोध निर्वाचित हुनुभएको व्याँस गाउँपालिकाका निर्वाचन अधिकृत पवन कुमार तिमल्सिनाले जानकारी दिनुभयो ।

उक्त वडामा दलित महिला सदस्यमा अन्य राजनीतिक दलहरुको तर्फबाट कसैको उम्मेदवारी नपरेपछि नेपाली कांग्रेसका दलित महिला सदस्य उम्मेदवार लुहार निर्वाचित हुनुभएको हो । उक्त वडामा दलित एक परिवारमात्र रहेका बताईएको छ ।

दार्चुलामा रहेका दुई नगरपालिका र सात गाउपालिकामा ३ सय २३ पदका लागी १ हजार ३५ जनाले उम्मेद्धारी दर्ता गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्