५ लाख घुस रकम सहित राजश्वका दुई अधिकृतलाई रंगेहात पक्र्यो



५ लाख ७० हजार रुपियाँ घुस रकम सहित राजश्व अनुसन्धान मध्य तथा सुदुर पश्चिमाञ्चल क्षेत्रीय कार्यालय कोहलपुर बाँकेका दुई अधिकृतलाईरंगेहात पक्राउ परेका छन् ।

राजश्व अनुसन्धान क्षेत्रीय कार्यालयमा कार्यरत अनुसन्धान अधिकृत भिम घिमिरे र कम्प्युटर अधिकृत गोविन्दबहादुर शाहीलाई कार्यालय परिसरबाटै बिहिबार रंगेहात पक्राउ परेका हुन् ।

सेवाग्राहीसँग भ्याट तथा स्टीमेट कागजपत्रहरु मिलाईदिने भन्दै घुस मागेका राजश्व अनुसन्धानका द्वय अधिकृतलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्