पाल्पाका १८ मतदानस्थल अतिसंवेदनशील



रामपुर (पाल्पा), ९ असार । स्थानीय तहको निर्वाचनका लागि निर्धारण भएका पाल्पाका १८ वटा मतदानस्थल अतिसंवेदनशील मानिएका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पामा जम्मा ११८ वटा मतदानस्थल तोकिएको छ ।

तानसेन तगरपालिकामा तीनवटा, रामपुर नगरपालिकामा छवटा, माथागढी गाउँपालिकामा एउटा, तिनाहुँ गाउँपालिकामा चार र रैनादेवी छहरा गाउँपालिकामा चारवटा गरी जम्मा १८ वटा मतदानस्थल अतिसंवेदनशील मानिएका छन् ।

त्यस्तै जिल्लामा ४० वटा मतदानस्थल संवेदनशील रहेका छन् । जसअन्तर्गत तानसेन नगरपालिकामा सात, रामपुर नगरपालिकामा चार, निस्दी गाउँपालिकामा दुई, पूर्वखोला गाउँपालिकामा तीन, रम्भा गाउँपालिकामा पाँच, वगनासकाली गाउँपालिकामा तीन, माथागढी गाउँपालिकामा चार, रिब्दिकोट गाउँपालिकामा तीन, तिनाहुँ गाउँपालिकामा दुई र रैनादेवी छहरा गाउँपालिकामा छवटा मतदानस्थल संवेदनशील रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लाभरमा ६० वटा मतदानस्थल सामान्य अवस्थामा छन् । जसमा तानसेन नगरपालिकामा १२, रामपुर नगरपालिकामा चार, निस्दी गाउँपालिकामा सात, पूर्वखोला गाउँपालिकामा पाँच, रम्भा गाउँपालिकामा चार, बगनासकाली गाउँपालिकामा आठ, माथागढी गाउँपालिकामा पाँच, रिब्दिकोट गाउँपालिकामा सात, तिनाहुँ गाउँपालिकामा चार र रैनादेवी गाउँपालिकामा चारवटा रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्