खेलमैदानका लागि रु साढे दुई लाख सहयोग



रामपुर (पाल्पा), ९ असार । रामतुल्सी माध्यमिक विद्यालय रामपुरको खेलमैदान स्तरोन्नतिका लागि आर्थिक सहयोग प्राप्त भएको छ ।

उद्योग वाणिज्य सङ्घ रामपुरले रु दुई लाख ५६ हजार बराबरको आर्थिक सहयोग गरेको हो । उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले सो रकम विद्यालयका अध्यक्ष रामप्रसाद भट्टराई र प्रधानाध्यापक बालकृष्ण लम्साललाई हस्तान्तरण गर्नुभयो । खेल क्षेत्रलाई विकास गर्नका लागि आर्थिक रकम सहयोग गरेको अध्यक्ष ढकालले बताउनुभयो ।

विद्यालयको पर्याप्त खेलमैदान भए पनि आर्थिक अभावमा स्तरोन्नति नहँुदा खेल सञ्चालनमा समस्या रहेको थियो । खेलमैदानको स्तरोन्नति गरेर राष्ट्रियस्तरका खेलहरु सञ्चालन गर्ने सोच रहेको विद्यालयका प्रअ बालकृष्ण लम्सालको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्