शर्मिलाले ल्याइन् राधा



 

लोकप्रिय दोहोरी गायिका शर्मिला गुरुङले पछिल्लो गीत मेरो माया छ भने राधा बजारमा ल्याएकी छिन्। संगीत क्षेत्रका अब्बल दुई स्रष्टा नारायण रायमाझी र शर्मिला गुरुङको स्वरमा सजिएको यो गीतलाई दर्शकले निकै मन पराएका पनि छन्।

शर्मिलाले केही समयको अन्तरालपछि आफ्नो दोस्रो एल्बमस्वरूप यो गीत बजारमा ल्याएकी हुन्। राधा एल्मबमा समावेश यो गीतको म्युजिक भिडियो शर्मिलाले आफ्नै जन्मथलो सुन्तलाबारी होम स्टे एलादी चारखाल्टेमा लगेर छायांकन गरेकी थिइन्। हरेक दिन स्टुडियो र स्टेज कार्यक्रममा व्यस्त रहने शर्मिलाले यसभन्दा अगाडि गहना नामक एल्बम बजारमा ल्याएकी थिइन्।

करिब २५ सय नेपाली लोकदोहोरी गीतमा स्वर दिएर लाखौं दर्शक स्रोतको मनमा बस्न सफल नेपाली लोकदोहोरी क्षेत्रकी खम्बा बनेर बसेकी शर्मिलाका लाखौं दर्शक स्रोताले यो गीतबाट भरपुर मनोरञ्जन लिन आशा गरिएको छ। मेरो माया छ भने राधाको म्युजिक भिडियोलाई गायक तथा फिल्म निर्देशक नारायण रायमाझीले निर्देशन गरेका छन्। गीतमा शब्द तथा संगीत पनि नारायणकै छ। राधा एल्बममा समावेश अन्य गीत भने विस्तारै बजारमा ल्याउने तयारी भइरहेको शर्मिलाले जानकारी गराइन्।

 

प्रतिक्रिया दिनुहोस्