टीकापुर वडा नं ७ मा नयाँ शक्तिबाट सबै महिला उम्मेदवार



 

टीकापुर, ८ असार । नयाँ शक्ति नेपालले आसन्न स्थानीय तह निर्वाचनका लागि टीकापुर नगरपालिकाको एउटै वडामा महिला उम्मेदवार मात्रै खडा गरेको छ ।

सङ्घीय समाजवादी फोरमसँग तालमेल गरेको नयाँ शक्तिले वडा नं ७ मा उपप्रमुख पदसहित बाँकी सबैमा महिलालाई उम्मेदवार बनाएको निर्वाचन अधिकृत मनप्रसाद रेग्मीले जानकारी गराउनुभयो ।

उहाँका अनुसार उपप्रमुखमा उक्त वडाका केशवती चौधरी, वडाध्यक्षमा कमलादेवी शाह, महिला सदस्यमा बुना चौधरी, दलित महिला सदस्यमा कवितादेवी विक र खुला सदस्यमा सवितादेवी चौधरी र सुस्मिता चौधरीको उम्मेदवारी परेको छ ।

महिलालाई पनि समाजको नेतृत्व दिनुपर्छ भन्ने मान्यताका साथ वडामा सबै महिला उम्मेदवार बनाएको नयाँ शक्तिका टीकापुर नगर संयोजक हरि तिमिल्सेनाले जानकारी गराउनुभयो । “उहाँहरुको समाजसेवा गर्ने उच्च मनोबल देख्यौं,” उहाँले भन्नुभयो – “त्यही भएर सबै महिलालाई उम्मेदवार बनाएका हाँै ।”

उपप्रमुखका उम्मेदवार चौधरीले आफूहरु नेतृत्व गर्न सक्षम भएकाले उम्मेदवारी दिएको बताउनुभयो ।

नयाँ शक्तिले सङ्घीय समाजवादीबाट प्रमुख पदमा उठेका गोवद्र्धन विकलाई सघाउने भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्